News
एन्फा महिला लिगः दुवै खेलहरु बराबरीमा टुंगिए

काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन् । एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
खेलमा चन्द्रपुरका लागि रजनी थोकरले गोल गरिन् भने कर्णालीका लागि सुनकला राईले गोल गरेकी थिईन् । त्यस्तै बर्षाका कारण केही अबेर शुरु भएको दोस्रो खेलमा दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त