News
दोस्रो मालेपाटन कप मंसिर दोस्रो सातादेखि

पोखरा । मालेपाटन युवा क्लब, पोखराको आयोजनामा आउँदो मंसिर १६ देखी २२ गतेसम्म मालेपाटन कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
बिगतको बर्षमा झै यस बर्ष पनि खेल क्षेत्रको विकास, खेलमार्फत स्थानीय पहिचान, सामाजिक सद्भाव बढाउन, ‘समाज परिवर्तनका लागि खेलकुद’ भन्ने उदेश्यका साथ प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३५ हजार हात पार्नेछ भने उपविजेताले ७० हजारप्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ३–३ हजारसहित ट्रफी प्रदान गरिनेछ । त्यसबोहक सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरिने खेल संयोजक सुजन गुरुङले जानकारी दिए ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने