News मकवानपुर जिल्ला लिगः चार खेलमध्ये तीन खेलहरुको नतिजा निस्कियो
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । यहाँ जारी मकवानपुर जिल्ला फुटबल प्रतियोगिता अन्तर्गत दोस्रो दिन दुई स्थानमा चार खेलहरु भए तापनि तीन खेलहरुको नतिजा निस्किएको छ भने एक खेल बाँकी खेलाइने भएको छ ।

गौरीटार रंगशालामा भएको पहिलो खेलमा परेली युवा क्लब र एफसी विजय युथले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा परेलीका लागि प्रबिन गोलेले गोल गरे भने विजय युथका लागि बिनिष अमात्यले गोल गरे ।

त्यस्तै सोही मैदानमा भएको दोस्रो खेलमा गोर्खा ब्वाईज क्लबले इन्टरनेट सिटी क्लबलाई ३–१ ले हरायो । गोर्खा ब्वाईजका लागि अनिल घलान, प्रताप थोकर र रिहान लामाले गोल गरे । पराजित इन्टरनेटका ला िभने रोहन खड्गीले एक मात्र गोल फर्काएका थिए ।

त्यसैगरी सिमलटार खेलमैदानमा भएको पहिलो खेलमा सक्षम युवा क्लब र हटौडा भेट्रान्स बीचको खेल २३औं मिनटसम्म चल्दै गर्दा भारी वर्षाका कारण स्थगित भएको छ । उक्त खेल अर्को दिन खेलाइने पनि खेल संयोजक युवराज लामाले जानकारी दिए ।

सोही मैदानमा भएको अर्को खेलमा भने एफसी इन्टरनेट र आरआरएफसी बीचको खेल १–१ को बराबरीमा टुंगिएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी लिग विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments