News रिडर्सलाई पाँचौं पुल्चोक कपको उपाधि
सुरज राना मगर

रेसुङा । यहाँ सम्पन्न पाँचौं पुल्चोक कप महिला फुटबल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाई स्कुल, रेसुङा, तम्घासले जितेको छ । शनिबार भएको फाइनलमा रिडर्सले शहरी प्रतिद्वन्द्वी सिद्धबाबा सेकेण्डरी स्कुल, रेसुङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि जितेको हो ।

विजेता बनेको रिडर्स पब्लिक हाई स्कुलले उपाधिसहित नगद ३३,३३३ रुपैयाँ हात पार्यो । स्मरण रहोस, फाइनल प्रवेश गर्ने क्रममा सेमिफाइनलमा रिडर्सले लिटिल स्टार्स पब्लिक स्कुललाई हराएको थियो भने सिद्धबाबाले महेन्द्र माविलाई पराजित गरेको थियो ।

पुल्चोक स्पोर्टस क्लब, रेसुङा–८, गुल्मीको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका कुल १४ महिला फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments
Advertisement Yamaha Nepal