News मकवानपुर जिल्ला लिगः न्यु डाँफेको विजयी शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा न्यु डाँफे युवा क्लबले उत्कृष्ट जितका साथ विजयी शुरुवात गरेको छ । हेटौडा–११ स्थित सिमलटार खेलमैदानमा भएको उद्घाटन खेलमा न्यु डाँफेले महाविर क्लबलाई शून्यका विरुद्ध ७ गोलको फराकिलो अन्तरले हरायो ।

खेलमा न्यु डाँफेका सुशान्त लामा म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत शनिबारदेखि दुई खेलहरु हुने मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष तथा खेल संयोजक युवराज लामाले जानकारी दिए ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल २८ टोलीहरुको सहभागिता रहेको लिगको समापन असोज ९ गतेका दिन हुनेछ ।

Post Comments