पिपरिचापा । संघर्षपुर्ण जितका साथ खस्यौली फुटबल क्लब, बुटवल यहाँ जारी प्रथम गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
बिहीबार भएको पहिलो क्वाटरफाइनलमा खस्यौलीले शहरी प्रतिद्वन्द्वी गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई सडन डेथमा ९–८ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा खस्यौलीका गोलरक्षक कुशल सुनार म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत भदौ १४ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल इभोलुशन क्लब, तामनगर र जनज्योति क्लब, डिंगरनगर बीच हुने खेल संयोजक रोशन पुनले जानकारी दिए ।
गौतम बुद्ध सामुदायिक विकास संस्था, कञ्चन–५, पिपरिचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भदौ २० गतेका दिन हुनेछ ।