काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक समय अभावका कारण बिहीबार सम्मका लागि स्थगित भएको छ । एन्फाका अनुसार बैठक पूनःबिहीबार बस्ने बताइएको छ ।
यद्यपि केही निकट स्रोतका अनुसार एन्फाको बैठकमा केही महत्वपूर्ण निर्णयहरु माथि भने चर्चा र बहस भएका छन् । जसअनुसार एन्फा महासचिव किरन राईको पारिश्रमिक २ हजार अमेरिकी डलर पुर्याउने प्रस्ताव गरिएको छ ।
यद्यपि यसबारे बैठकमा बहस र चर्चा भए तापनि निर्णय नभएको बताइएको छ । त्यस्तै राष्ट्रिय खेलाडीहरुको मासिक तलब पनि बृद्धि गरी ३० हजार पुर्याइएको छ । यसअघि खेलाडीहरुलाई मासिक १८ हजार तलब पाउँदै आएका थिए ।
त्यस्तै राष्ट्रिय फुटबल टोलीका वर्तमान प्रशिक्षक भिन्सेन्जो अलबर्टो एनेसको सम्झौता नविकरण नगरिने बताइएको छ । साथै नयाँ प्रशिक्षकका लागि खुला प्रतिस्पर्धाबाट नियुक्त गरिने पनि एन्फाले जनाएको छ ।
त्यस्तै दशरथ रंगशालामा कृत्रिम घाँस राख्नेबारे पनि प्रस्ताव भएको छ । रंगशालामा मैदानको अवस्था असहज भएपछि यसबारे पनि चर्चा भएको हो । त्यसेगरी एन्फा कम्प्लेक्सको मैदानमा रहेको टर्फ पनि परिवर्तन गरिने निर्णय भएको छ ।
बैठकमा विभिन्न विषयहरुमा छलफल भए तापनि त्यसबारे सबै कुराहरु बिहीबारको पुर्ण बैठकपछि मात्र जानकारी गराइने एन्फा स्रोतले जनाएको छ ।
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै