News
रजैया कपको उपाधी आयोजकलाई

केदारेश्वर युवा क्लव मनहरी गाउँपालिका-९ रजैयाको आयोजनामा भएको रजैया कप फुटबल प्रतियोगिता-२०७७ को उपाधी आयोजकको बी टिमले जितेको छ ।
फाइनल भिडन्तमा लामाटोल क्लव मनहरीसंग टाइब्रेकरमार्फत जित निकाल्दै आयोजकले उपाधिसहित नगद ३० हजार रुपैयाँ प्राप्त गर्यो । उपबिजेता बनेको लामाटोलले १० हजार रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।
खेलमा आयोजकको तर्फबाट रन्जन बिष्टले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लामाटोलका मनिष पौडेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दुवै टिमले थप गोल गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा आयोजकका गोलरक्षक कृषल मोक्तानले २ वटा प्रहार बचाएका थिए ।
फाइनल खेलमा आयोजकका रिषी मगर म्यान अफ द म्याच भए । प्रतियोगितामा आयोजक केदारेश्वरका कृषल मोक्तान उत्कृष्ट गोलरक्षक, आयोजककै राजन स्याङ्तानले उत्कृष्ट खेलाडीको पुरस्कार प्राप्त गर्दा प्रतियोगिताभर ६ गोल गरेका लामाटोलका मनिष पौडेलले सर्वाधिक गोलकर्ताको पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको बिजेता, उपबिजेता तथा उत्कृष्ट खेलाडीलाई मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, नेपाली काङ्ग्रेसका क्षेत्रीय सल्लाहकार शंकर न्यौपाने र आयोजक क्लवका अध्यक्ष प्रमोद अधिकारीले नगद, ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए ।

Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा