
काठमाडौं (एजेन्सी) । साउदी अरेबियाको शिर्ष फुटबल लिग साउदी प्रो लिग शुरु हुनुअघि साउदी किंग्स कपको विजेता तथा साउदी प्रो लिगको उपविजेता बीच वार्षिक रुपमा आयोजना हुँदै आएको प्रतिष्ठित साउदी सुपर कपको उपाधि अल–हिलालले किर्तिमानी पाँचौं पटक जित्न सफल भएको छ ।
साउदी किंग्स कपको विजेता अल–हिलाल तथा साउदी प्रो लिगको उपविजेता अल–नासर बीच भएको उपाधि भिडन्तमा अल–हिलालले अल–नासरमाथि ४–१ को प्रभावशाली जित निकाल्दै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
साउदी शहर अभामा भएको खेलको ४४औं मिनटमा क्रिष्टियानो रोनाल्डाको उत्कृष्ट गोलबाट अल–नासरले खेलमा अग्रता बनाएको थियो । तर, अल–हिलालले दोस्रो हाफमा उत्कृष्ट पूनःरागमन गर्दै नतिजा सुल्टाउन सफल भयो ।
खेलको ५५औं मिनटमा सर्जेज सेविकले अल–हिलालका लागि बराबरी गोल फर्काए । त्यस्तै ६३ र ६९औं मिनटमा अलेक्जेन्डर मिट्रोविकले लगातार दुई गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए भने ७२औं मिनटमा मेल्कमले चौथो गोल गर्दै अल–हिलालको उत्कृष्ट जित पक्का गरे ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात