News साफ यु–२० च्याम्पियनसिपका खेलहरु एन्फा कम्प्लेक्समा हुने (खेलतालिकासहित)
गोलनेपाल

काठमाडौं । आइतबारदेखि शुरु हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपका सबै खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रकाशित गरेको खेलतालिका अनुसार प्रतियोगिताका सबै खेलहरु एन्फा कम्प्लेक्समा हुने भएका हुन ।

स्मरण रहोस, यसअघि प्रतियोगिताको सबै खेलहरु दशरथ रंगशालामा हुने कार्यक्रम थियो । तर एएफसी च्यालेञ्ज लिग अन्तर्गत चर्च ब्वाईज युनाइटेड र पारो एफसीको खेल पश्चात् मैदान अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन कठिन देखिएकाले साफ र एन्फा बीचको बैठक पश्चातको निर्णयले साफ यु–२० च्याम्पियनसिपका खेलहरु एन्फा कम्प्लेक्समा हुने तय भएको हो ।

प्रतियोगिता अन्तर्गत समूह ए मा रहेको नेपालले उद्घाटन खेल मै भदौ २ गते आइतबारका दिन श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह ए मा नेपाल र श्रीलंका बाहेक बंगलादेश रहेका छन् । त्यस्तै समूह बी तर्फ भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

Post Comments