News चर्च ब्वाईजसँग नेपाली यु-२० फुटबल टोली पराजित
गोलनेपाल

काठमाडौ । एएफसी च्यालेञ्ज लिग खेल्ने तयारीमा रहेको चर्च ब्वाईज युनाइटेड र साफ यु-२० च्याम्पियनसिप खेल्ने तयारीमा रहेको नेपाली यु-२० टोलीबीच मैत्रीपूर्ण अभ्यास खेल सम्पन्न भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको सो खेलमा चर्च ब्वाईजले नेपाली यु-२० फुटबल टोलीमाथी शुन्यका विरुद्ध १ गोलको जित निकाल्न सफल भयो ।

स्मरण रहोस, यही अगस्त १८ देखि २८ तारीखसम्म नेपाल मै हुन गईरहेको साफ यु-२० च्याम्पियनसिपतर्फ समूह ए मा रहेको नेपालले उद्घाटन खेलमै १८ अगस्तका दिन श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

उता एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छ्नौट खेल खेल्ने तयारीमा रहेको चर्च ब्वाईजले यही अगस्त १३ तारीखका दिन भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ ।

Post Comments