काठमाडौं । एन्फा युथ लिग अन्तर्गत अपराजित रहेको सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले दोस्रो जित हात पार्दा थ्रीस्टार क्लबले पहिलो जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको तेस्रो चरणको पहिलो खेलमा एपिएफले खुमलटार एफसीलाई शून्यका विरुद्ध ४ गोलले हरायो । एपिएफको जितमा सुनिल थिङले दुई गोल गरे भने रोहित गोले र साजन योञ्जनले एक–एक गोल गरे ।
यो जितपछि ३ खेलबाट ७ अंक जोडेको एपिएफ शिर्ष स्थानमा उक्लिएको छ । पराजित खुमलटारको खातामा पनि ३ अंक छ ।
आइतबार नै भएको दोस्रो खेलमा थ्रीस्टारले एनआरटीमाथि ३–० को महत्वपूर्ण जित हात पार्यो । थ्रीस्टारका लागि रोमन श्रेष्ठले दुई गोल गरे भने थप एक गोल सुगम भुलनले गरे ।
यो जितपछि थ्रीस्टारले पनि आफ्नो खातामा तीन अंक जोड्न सफल भएको छ । पराजित एनआरटीको भने ६ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान