काठमाडौं । एन्फा युथ लिग अन्तर्गत शुक्रबार भएको दोस्रो चरणको अन्तिम दुई खेलहरुमा मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हात पार्दा मच्छिन्द्र फुटबल क्लब भने बराबरीमा रोकिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० को झिनो अन्तरले हरायो । मनाङका लागि समन हटुवालले एक मात्र निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य बन्यो । मच्छिन्द्रका लागि अनिल थिङ र कबिर तामाङले गोल गरे । उता जावलाखेलका लागि भने विवश दर्लामी र अनिष चौधरीले गोल गरेका थिए ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)