काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुको फिटनेसलाई विशेष ध्यानमा राखी एन्फा कम्प्लेक्समा सुविधा सम्पन्न फिजियोथेरापिस्ट सेन्टर सञ्चालनमा ल्याएको छ । एन्फाले खेलाडीहरुलाई चोट कम गर्न, चोटमुक्त हुन र खेलाडीहरुको पूनःस्थार्पनाका लागि फिजियोथेरापिस्ट सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।
एन्फाका अनुसार फिजियोथेरापिस्ट सेन्टरमा सिनियर राष्ट्रिय पुरुष–महिला खेलाडीहरु तथा विभिन्न उमेर समूहका राष्ट्रिय खेलाडीहरुले निःशुल्क सेवा लिन सक्ने छन् । त्यस्तै क्लबहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने सर्वसाधारणका लागि निश्चित शुल्क तोकिएको छ ।
त्यस्तै एन्फाले फिजियोथेरापी तथा रिह्याबिलिटेशन डिपार्टमेन्ट समेत सञ्चालनमा ल्याएको छ । जसमा राष्ट्रिय महिला फुटबल टोलीकी अनुभवी फिजियोथेरापिस्ट नविना श्रेष्ठलाई विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । एन्फाका महासचिव किरन राईले श्रेष्ठलाई नियुक्तिपत्र समेत हस्तान्तरण गरेका छन् ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)