News
हासु फाइनलमा, उपाधिका लागि कैलाशससँग भिड्ने

मनहरी । हासु फुटबल क्लब यहाँ जारी मिलन–धर्मराज स्मृति कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा हासुले इन्टरनेट सिटी क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
खेलमा हासुका लागि दिपेश चाम्लिङ राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । खेलमा हासु कै झने धामी म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले नगद १ हजार र ट्रफी हात पारे ।
हासुले अब यही असार ३० गते हुने फाइनलमा कैलाश फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ । कैलाश एफसीले शुक्रबार मात्रै आयोजक सिम्पानी युथ क्लबलाई हराएर फाइनल स्थान सुरक्षित गरेको थियो ।
सिम्पानी युथ क्लब, मनहरी, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा