News
दोस्रो ताप्लेजुङ गोल्डकप भदौ पहिलो सातादेखि

फुङलिस । ऐतिहासिक लाखेजात्राको अवसर पारी वार्षिक रुपमा आयोजना हुने ताप्लेजुङ गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी भदौ ३ देखि १० गतेसम्म हुने भएको छ ।
भानुजन माविको खेलमैदानमा हुने प्रतियोगिताको मिति आयोजक लाखेजात्रा सञ्चालन समितिको शुक्रबार बसेको बैठकले निर्णय गरेको हो । प्रतियोगितालाई यो बर्ष थप भव्य बनाउने योजनामा रहेको रहेको आयोजक समितिका अध्यक्ष देवराज गुरुङले बताए ।
प्रतियोगितामा यसपटक पुरस्कार राशीमा पनि बृद्धि गरिने अध्यक्ष गुरुङले जानकारी दिए । साथै मोफसल र केन्द्रका चर्चित ए डिभिजन क्लब र खेलाडीहरुको पनि प्रतियोगितामा सहभागिता अध्यक्ष गुरुङले बताए । त्यस्तै प्रतियोगिताबारे विस्तृत रुपमा छिटै पत्रकार सम्मेलन गरेर जानकारी गराइने पनि आयोजकले जनाएको छ ।
Post Comments