News नेपाली यु-२० फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन
गोलनेपाल

काठमाडौ । नेपाली राष्ट्रिय यु-२० फुटबल टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन । श्रेष्ठलाई बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।

त्यस्तै टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल नियुक्त भएका छन भने गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भएका छन । सो अवसरमा एन्फाका उपाध्यक्ष दावा लामाको पनि उपस्थिति रहेको थियो ।

स्मरण रहोस, आउँदो अगस्त १६ देखि २८ तारीखसम्म नेपाल मै साफ यु-२० च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसकै लागि टोली तयार पार्न अहिले एन्फाले खुला छनौट कार्यक्रम पनि आयोजना गरिरहेको छ । र, खेलाडी छ्नौट गरि छिटै बन्द प्रशिक्षण पनि शुरु हुनेछ ।

Post Comments