शनिश्चरे । साफ यु-१७ का लागि झापाबाट २६ जना खेलाडी छानिएका छन् । छनौटका लागि झापाबाट ३१५ जना सहभागी थिए । झापा जिल्ला फुटबल संघले असार १२ गते खेलाडी छनौटको आह्वान गरेको थियो । छनौटमा परेका खेलाडीले असार २० गते प्रदेशस्तरीय छनौटमा प्रतिस्पर्धा गर्नुपर्ने जनाइएको छ ।
नमुना खेलमैदानबाट छानिएका खेलाडीहरुमा आर्यन साम्पाङ राई, आदित्य ढुंगेल, इन्सान लिम्बू, सौगात मगर, सौरभ बिक, सुमन दर्जी, विपिन खड्का, सन्देश जबेगु, राजेश बेस्रा, निरज मल्ल, सन्जिप राई, केसाङ लिम्बू र विश्वास खतिवडा रहेका छन् ।
यसैगरी, विक्रम मुर्मू, विवेक तामाङ, उज्वल थेगिम, सनम कडरिया, जोन विष्ट, प्रज्वल सुवेदी, अर्जुन बिक, आयुश चौधरी, मुस्कान बिक, राजकुमार मर्डी, जिजन बिक, दाउत लिम्बू र अतित श्रेष्ठ छनौटमा परेको फुटबल संघले जनाएको छ ।
असोज २ गतेदेखि १२ गतेसम्म भुटानमा हुने साफ यु-१७ तथा एएफसी यु-१७ एसियन कप क्वालिफायर्स २०२४ का लागि खेलाडी छनौट गरिएको हो ।
यसअघि काठमाडौँमा हुने साफ यु-२० च्याम्पियनसीप तथा एएफसी यु-२० एसियन कप क्वालिफायर्स २०२४ का लागि झापा जिल्लाबाट १४ जना खेलाडी छनौट भएका थिए ।
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
