News सेन्ट्रल कलेज चितवन जिल्ला लिग : हानामी बिएफसीको विजयी सुरुवात
गोलनेपाल

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक विजेता हानामी भरतपुर फुटबल क्लब (बिएफसी) ले विजयी सुरुवात गरेको छ भरतपुर ७ कृष्णपुर मैदानमा भएको उद्घाटन खेलमा नारायणी फुटबल क्लबलाई २-० ले हराउँदै बिएफसीले विजयी सुरुवात गरेको हो । उसको जितमा सुमन आले मगर र सागर तामाङ लोप्चनले गोल गरे ।

खेलको सातौं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो । ५९ औं मिनेटमा सागरले गोल गर्दै २-० को जित सुनिश्चित गरे। विएफसीका अन्जन चौधरी म्यान अफ दि म्याच चुनिए । लिगमा शनिबार साविक उपविजेता एभरेष्ट क्लब र माडी ११ भिड्नेछन् । खेल बेलुकी ५ बजे कृष्णपुरमा हुनेछ ।

Post Comments