News
बिरगंज युनाइटेडका खेलाडी हान्स क्वोफीको कार दुर्घटनामा निधन

काठमाडौं । बहुप्रतिक्षित नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण बिरगंज युनाइटेडबाट खेलेका घानाका मिडफिल्डर हान्स क्वोफीको निधन भएको छ । ३५ वर्षिय क्वोफीको शुक्रबार दुर्घट्नामा परि निधन भएको हो ।
हान्सको निधनबारे केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँगै उनकै पूर्व क्लब मिडिमा एससीले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ । आफ्नो व्यवसायीक करियरमा १४ भन्दा बढी क्लबबाट खेलेका हान्सले गत सिजन नेपाल सुपर लिग खेल्न पनि भ्याएका थिए ।
घानाका लागि अन्तर्राष्ट्रिय म्याच पनि खेलेका हान्सले घानाको राष्ट्रिय टोलीका लागि सन् २०१५ मा भएको कोसाफा कप अन्तर्गत् माडागास्कर विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।
Post Comments
Related News
- महिला टोलीका मुख्य प्रशिक्षक प्याट्रिकको गुनासोः “एन्फालाई योजना भन्दा राजनीतिमा बढी रुची”
- फ्रेण्डसको एकतर्फी जित, मनाङको लय जारी, शेर्पालाई सफलता
- नेपाली महिला टोली स्वदेश फिर्ता, प्रशिक्षक विल्डे स्वदेश फर्किए
- युथ लिगः संकटा, मच्छिन्द्र र पुलिसको जित
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात