News साफ महिला च्याम्पियनसिप नेपालमा हुने तय
गोलनेपाल

काठमाडौ । यस वर्ष हुने प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको सातौं संस्करण नेपालमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि साफ महिला च्याम्पियनसिप बंगलादेशमा हुने चर्चा पनि थियो । स्मरणीय छ, यस वर्षको साफ महिला च्याम्पियनसिप आउँदो अक्टोबर १७ देखि ३० तारीखसम्म हुनेछ ।

साफका अनुसार यस वर्ष प्रतियोगितामा दक्षिण एसियाका सातै टोलीले सहभागिता जनाउनेछन । बंगलादेश प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो भने नेपाल उपविजेता हो । प्रतियोगिताको गत संस्करण पनि नेपाल मै आयोजना भएको थियो ।

नेपालले साफ महिला च्याम्पियनसिप लगातार तेस्रोपटक आयोजना गर्ने अवसर पाएको हो । 

यद्यपि खेलस्थलबारे भने अझै टुंगो लागेको छैन । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भएकोले सम्भवत बिराटनगरको सहिद रंगशाला वा पोखरा रंगशालामा हुने सम्भावना र विकल्प पनि छ ।

 

Post Comments