News फ्युजन फाइनलमा प्रवेश
गोलनेपाल

त्रियुगा । साँघुरो जितका साथ फ्युजन फुटबल क्लब यहाँ जारी उदयपुर जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा फ्युजनले बेलटार युनाइटेडलाई शून्यका विरुद्ध १ गोलले हराउँदै लिग उपाधि नजिक पुगेको हो । फ्युजनको जितमा रोहन राईले एक मात्र निर्णायक गोल गरे ।

उदयपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा फ्युजनका निर्णायक गोलकर्ता रोहन राई नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १००० र ट्रफी हात पारे ।

Post Comments