News नवलपरासी गोल्डकपको खेलतालिका सार्वजनिक
सुरज राना मगर

सुनवल । राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठान, सुनवल–१२, भुमही, नवलपरासीको आयोजनामा यह िजेठ १७ गतेदेखि शुरु हुन गईरहेको नवलपरासी गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

नवलपरासी कै प्रतिष्ठाका रुपमा हेरिएको प्रतियोगिताको उद्घाटन खेलमा जेठ १७ गते नवलपरासी–११ र हनामी बि.एफ.सी., चितवन भिड्ने खेल संयोजक सन्दिप केसीले जानकारी दिए । ए डिभिजन र मोफसलका गरी कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल जेठ २४ गतेका दिन हुनेछ ।

नवलपरासी जिल्ला कै सर्वाधिक धनराशी रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ११ हजारहात पार्नेछ भने उपविजेताले ३ लाख ११ हजार प्राप्त गर्ने आयोजक प्रतिष्ठानका अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिए । उनले व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको बताए ।

त्यस्तै प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्न सबैसँग साथ, सहयोग र समर्थनको अपेक्षा गरिएको आयोजक प्रतिष्ठानका सचिव धमेन्द्र अग्रहरीले बताए ।

Post Comments