News पियु सुपर कप जेठ ११ गतेदेखि
उमेश पुन

पोखरा । पोखरा युनिभर्सिटी फुटबल क्लबको आयोजनामा यही जेठ ११ देखि १८ गतेसम्म पोखरा युनिभर्सिटी कप (पियु) सुपर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

लेखनाथ कास्की स्थित भण्डारढीक खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments