News सन्यास लिंदै सुनिल
गोलनेपाल

काठमाडौं । भारतीय फुटबलका चर्चित खेलाडी सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । सुनिले सामाजिक सञ्जालमार्फत आफ्नो सन्यासबारे जानकारी गराएका हुन् ।

सामाजिक सञ्जालमा बोल्दै ४० वर्षिय सुनिलले फिफा विश्वकप छनौटतर्फ आउँदो जुन ६ तारीखका दिन कुवेतसँग खेल्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन् ।

सन् २००५ मा पाकिस्तान विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सुनिलले सोही खेलमा डेब्यु गोल समेत गरेका थिए । भारतका लागि १५० खेल खेलिसकेका सुनिलले ९४ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् ।

साथै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने सक्रिय खेलाडीको सूचीमा सुनिल क्षेत्री तेस्रो स्थानमा छन् । यो सूचीमा पोर्चुगलका क्रिष्टियानो रोनाल्डो शिर्ष स्थानमा छन् भने अर्जेन्टिनाका लियोनल मेसी दोस्रो स्थानमा छन् ।

 

Post Comments