News
१६औं शहिद भिमनारायण गोल्डकपको उद्घाटन खेल रोकियो

धनकुटा । शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा आइतबारदेखि शुरु भएको १६औं शहिद भिमनारायण गोल्डकपको उद्घाटन खेल प्रतिकुल मौसमका कारण बिथोलिएको छ ।
एपिएफ, काठमाडौं र फोर स्टार युथ क्लब, मोरङ बीचको उद्घाटन खेल चलिरहेकै बेला लगातारको भारी बर्षाले गर्दा खेल रोकिन पुगेको हो । खेलमा एपिएफले सुमन श्रेष्ठको गोलबाट १–० को अग्रता कायम राखेको बेला खेल रोकिन पुगेको थियो ।
आयोजकका अनुसार आज रोकिएको खेल बैशाख २४ गते सोमबार रोकिए कै समयबाट पूनः सुचारु गरिने आयोजकले जनाएको छ । त्यस्तै सोमबार नै हुने दोस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र बिर्तामोड युनाइटेड, झापा पनि भिड्ने कार्यक्रम छ ।
यही बैशाख २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- बिर्तामोड युनाइटेड एफसी १२औँ रारा गोल्डकपको च्याम्पियन
- एलएक्स सिटी एफसी १२औं गोरखा रारा गोल्डकपको फाइनलमा
- बिर्तामोड युनाइटेड फाइनलमा प्रवेश, मौसम सुब्बाको ह्याट्रिक
- १२ औं रारा गोल्डकपमा चर्च ब्वाइज क्लब सेमिफाइनलमा प्रवेश
- १२ औं रारा गोल्डकप: डिफेन्डिङ च्याम्पियन सहलेस पेनाल्टीमा पराजित, बिर्तामोड युनाइटेड सेमिफाइनलमा