सुपौली । सियारी गाउँपालिका–१ यहाँ जारी प्रथम बाउन्नकोटी कप अन्तरपालिका वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा सियारीले तिलोत्तमा–१३ लाई सडन डेथमा हराउँदै उपाधि नजिक पुगेको हो ।
त्यसअघि तिलोत्तमा–१४ स्थित सुपौली खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरबाट पनि नतिजा निस्किन नसकेपछि खेल सडन डेथतर्फ धकेलिएको थियो । सडन डेथमा भने सियारीले तिलोत्तमा–१३ माथि ६–५ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो ।
प्रतियोगिता अन्तर्गत बैशाख १९ गते बुधबारको दोस्रो सेमिफाइनल खेल दुई परस्पर प्रतिद्वन्द्वी तिलोत्तमा–१४ र तिलोत्तमा–१५ बीच हुने खेल संयोजक झबिलाल थापाले जानकारी दिए ।
बाउन्नकोटी सामुदायिक वन उपभोक्ता समूह, चिल्हिया, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष लिल बहादुर क्षेत्रीले जानकारी दिए । फाइनल खेल बैशाख २१ गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने