News
साँगाको जित, गोलबजार र स्वयम्बुको बराबरी

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ सोमबार स्पोर्टस एकेडेमी साँगाले जित हात पारेको दिन गोलबजार स्पोर्टस क्लब र स्वयम्भु क्लबले भने रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा साँगाले झम्सीखेल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । साँगाको जितमा साजनराज गौतमले एक मात्र निर्णायक गोल गरे । अर्को खेलमा गोलबजार र स्वयम्भुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधी सहित नगद १० लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्नेले ७ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । लिगमा कुल १४ टोलीहरुले सहभागिता जनाउँदै छन ।
Post Comments
Related News
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण