
सोनापुर । शनिबारदेखि शुरु भएको तेस्रो सोनापुर गोल्डकप नकआउट फुटबल प्रतियोगितामा दमक फुटबल एकेडेमी, झापाले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा दमकले गोल्डेन स्टार क्लब, सुनसरीलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।
दुहबी–८, सोनापुर स्थित बिष्णु माविको खेलमैदानमा भएको खेलमा दमकका लागि अशोक राईले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
यो जितसँगै दमक प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत चैत २५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल पथरी–११ फुटबल क्लब, मोरङ र बर्दिबास नगर क्लब, बर्दिबास बीच हुने आयोजकले जानकारी दियो ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका नगर प्रमुख बेद नारायण गच्छदारले गरेका थिए ।
मेमोरी युवा क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले १,०,५५०० प्राप्त गर्ने आयोजकले जानकारी दियो । फाइनल खेल बैशाख १ गतेका दिन हुनेछ ।