News
सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्डकप हुने

चितवन । चितवनको भरतपुरमा सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्ड कप हुने भएको छ । खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा गोल्डकप हुने भएको हो ।
बैशाख १५ गतेदेखि सुरु हुने प्रतियोगितामा १२ टोली सहभागी हुने खेल संयोजक कविराज तामाङले जानकारी दिए । प्रतियोगिताका खेलहरु भरतपुर १८ वडाकार्यालयको खेल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख २२ हजार २२२ र उपविजेताले एक लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र सर्वाधिक गोलकर्ताले जनही पाँच-पाँच हजार तथा म्यान अफ दि म्याचले दुई हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनररहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।
Post Comments