
हेटौडा । यहाँ सम्पन्न अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधी वडा न १२ ले जितेको छ। गौरीटार रंगशालामा भएको फाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ७ लाई १-० को अन्तरले पराजित गरि उपाधि जित्न सफल भएको हो ।
प्रतिस्पर्धात्मक खेलमा वडा न १२ का धनजित थिङले गारेको गोल नै निर्णायक बन्न पुग्यो । निर्णायक गोल गरेका धनजित नै खेलको म्यान अफ द म्याच घोषित भए । बिजयी भएको १२ न वडाले नगद १ लाख सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । त्यसैगरी उपबिजेता बनेको वडा न ७ ले नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी बिधागत पुरस्कारतर्फ वडा न ७ का राजु लामा उत्कृष्ट मिडफिल्ड र रोशन दोङ उत्कृष्ट डिफेन्डर बने । उत्कृष्ट गोलकिपरको पुरस्कार १२ न वडा का आयुष गोलेले हात पारे भने वडा न १२ का साजन पाख्रिनले उत्कृष्ट फरवार्ड सहित सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जिते । बिधागत उत्कृष्ट हुने खेलाडीले नगद २५००/ प्राप्त गर्दा सर्बोत्कृष्ट खेलाडीले ५०००/ हात पारे ।
हेटौडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनमा भएको प्रतियोगिता ९ गतेदेखी सुरु भएको प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि पुर्व मुखयमन्त्री डोरमणी पाैडेल, अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य टीका लामा, १५ न वडा अध्यक्ष सुनिल मोक्तान लगायतले विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा