News
हिमालयन एफसीलाई उपाधी

काठमाडौ । झिनो अन्तरको जितका साथ द राइजिङ सन कप फुटसल प्रतियोगिताको उपाधी हिमालयन एफसीले जितेको छ ।
फाइनलमा हिमालयनले प्रीमियर फुटसललाई शुन्यका विरुद्ध १ गोलले हराउँदै उपाधी माथी कब्जा जमाउन सफल भएको हो ।
विजेता बनेको हिमालयन एफसीले उपाधी सहित नगद ४० हजार हात पार्यो भने उपविजेता प्रीमियर फुटसलले २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
द राइजिङ सन युथ क्लबको आयोजनामा भएको प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments