
हेटौडा । शुक्रबारदेखि हेटाैडामा शुरु भएको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा दोस्राे दिन १२ नम्बर वडा र ९ नम्बर वडाले बिजयी शुरुवात गरेको छ ।
गौरीटार रंगशालामा भएको पहिलो खेलमा वडा नम्बर १२ ले वडा नम्बर १८ लाई शून्यका विरुद्ध २ गोलले हरायो । खेलमा वडा नम्बर १२ का श्रीराज घलानको २ गोलको मद्दतले १२ नम्बर बिजयी हुन सफल भयो। खेलमा दुई गोल गरेका श्रीराज घलान नै खेलको म्यान अफ द म्याच घोषित भए ।
त्यसैगरी आजै भएको दोस्रो खेलमा वडा नं २ लाई एक शुन्यले पराजित गरि वडा नं ९ दोस्राे चरणमा प्रबेश गर्न सफल भएको छ । खेलमा ९ नम्बरका सुरेन्द्र अर्यालले बिजयी टिमको लागि गोल गरेका थिए ।
बिजयी गोल गरेका सुरेन्द्र नै खेलको म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।
प्रतियोगिता अन्तर्गत आइतबार पनि दुई खेल हुने प्रतियोगिता संयोजक गोबिन्द नेगिले बताए ।
हेटौडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत १८ गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा