News
अन्जिला र गीता सम्मिलित सेथुलाई चौथो स्थान

काठमाडौं । भारतको शिर्ष महिला लिगमा खेलिरहेका नेपालका दुई राष्ट्रिय महिला खेलाडीद्वय अन्जिला सुब्बा र गीता राना सम्मिलित सेथु फुटबल क्लबले यस सिजन लिगतालिकाको चौथो स्थानमा रहेर सिजनको समापन गरेको छ ।
लिग चरणको आफ्नो अन्तिम खेलमा सेथुले होप्स फुटबल क्लबलाई ३–१ ले हराउँदै लिगमा सुखद समापन गर्न सफल भएको हो । सेथुका लागि कविया पकिरासामी, करेन एस्ट्रोसियो र लिशम बबिना देवीले गोल गरे । उता होप्सका लागि नेहाले एक मात्र गोल गरेकी थिईन् ।
यो नतिजापछि १२ खेलबाट १७ अंक जोडेको सेथु लिगतालिकाको चौथो स्थानमा रहेर सिजन समापन गर्न सफल भयो । पराजित होप्स भने १६ अंकका साथ पाँचौं स्थानमा रहेर सिजनको समापन गरेको छ ।
Post Comments