
हेटौडा । सहिद प्रित कुमार मोक्तान प्रतिष्ठान हेटौँडाले गोलनेपाल डटकमका मकवानपुा संवाददाता विक्रमकुमार बानियाँ सहित दुई राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ ।
प्रतिष्ठानले मकवानपुरे खेलकुदलाई पत्रकारिताको माध्यमबाट विश्वसामु चिनाउन र अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै बानियाँलाई सम्मान गरेको हो । प्रतिष्ठानका संयोजक हेलिस मोक्तानले एक कार्यक्रमका बीच बानियाँलाई खादा ओढाएर प्रमाणपत्र सहित सम्मान गरेका हुन् ।
त्यसैगरी प्रतिष्ठानले राष्ट्रिय फुटबल टिमका महत्वपुर्ण सदस्य सुनिल बल र ए डिभिजन फुटबल च्यासल युथ क्लबका टिम क्याप्टेन अमिर श्रेष्ठलाई पनि सम्मान गरिएको छ । प्रतिष्ठानले हेटौँडा ९ मा वडास्तरीय खेलकुद प्रशिक्षण कार्यक्रम गर्ने समेत जनाएको छ ।
त्यस्तै प्रतिष्ठानले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ९ का युवा फुटबल खेलाडीहरुलाई खेलकुदका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । संयोजक हेलिस मोक्तानले ९ नम्बर वडास्तरीय युवा क्लबका सचिव रन्जन पौडेललाई खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।