ठुटिपिपल । रुपन्देहीको पुरानो र सक्रिय क्लब मध्ये एक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया–१, ठुटिपिपलको आयोजनामा यही फागुन २९ गतेदेखि शुरु हुन गईरहेको ११औं नवयुवा कपको तयारी पूरा भएको छ ।
ओमसतिया–२ स्थित कमँडाँडा खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा फागुन २९ गतेका दिन लिस्नु युवा क्लब, कोटिहवा र देवदह ब्वाईज, देवदह भिड्ने खेल संयोजक बिष्णु बराल मगरले जानकारी दिए । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गतेका दिन हुनेछ ।
ओमसतिया गाउँपालिका वडा नम्बर १ को कार्यालयको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले बताए ।
त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिए । साथै उनले प्रतियोगितालाई भव्यताका साथ सफल पार्न सबैको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको समेत बताए ।
खेलतालिका पनि हेर्नुहोस्ः

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने