
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ वर्ष २०८१ सालदेखि यु–१३ छात्र–छात्रा फुटबल एकेडेमी सञ्चालनका लागि खुला छनौट कार्यक्रम गर्ने भएको छ । छनौट कार्यक्रम कै लागि भनेर एन्फाले आफू मातहतको जिल्ला फुटबल संघ र प्रदेश फुटबल संघहरुलाई पत्राचार समेत गरेको छ ।
एन्फाका अनुसार छनौट कार्यक्रम तीन चरणहरुमा हुनेछन् । पहिलो चरणको जिल्लास्तरीय छनौट आउँदो चैत्र १५ देखि २२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेशस्तरीय छनौट चैत्र २४ देखि ३० गतेसम्म हुनेछ । अन्तिम चरणको छनौट कार्यक्रम भने बैशाख ३ देखि १० गतेसम्म हुने एन्फाले पत्रमा उल्लेख गरेको छ ।
त्यस्तै उमेरको हकमा छात्र (ब्वाईज) तर्फ जन्ममिति २०६६ पौष १७ देखि २०६८ पौष १६ गते (१ जनवरी २०१० देखि ३१ डिसेम्बर २०११) बीचको हुनुपर्नेछ । छात्रा (गल्र्स) तर्फ जन्ममिति २०६७ पौष १७ गतेदेखि २०६९ पौष १६ गते (१ जनवरी २०११ देखि ३१ डिसेम्बर २०१२) बीचको हुनुपर्नेछ । साथै छनौट कार्यक्रममा सहभागि हुनका लागि जन्मदर्ता वा आवश्यक पर्ने प्रमाणपत्र अनिवाइृ पेश गर्नुपर्नेछ ।
स्मरण रहोस, एन्फाले यसअघि नै काठमाडौं सहित धरान र बुटवलमा रहेको एन्फा एकेडेमीका बाल खेलाडीहरुलाई निःशुल्क शिक्षा, खानपान र आवासहित फुटबल प्रशिक्षण दिंदै आएको थियो । आगामी वर्षदेखि महिला फुटबल एकेडेमी पनि सञ्चालन हुने पक्का भएको छ । महिला फुटबल एकेडेमी भने रौतहटमा रहेको छ ।
पत्र पनि हेर्नुहोसु ।
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण