News
नेपालको पहिलो जित, फाइनल प्रवेशको सम्भावना कायमै
काठमाडौं । साफ यु–१६ महिला च्याम्पियनसिपमा आयोजक राष्ट्र समेत रहेको नेपालले पहिलो जित हात पार्दै फाइनल प्रवेशको सम्भावना कायम राखेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले पहिलो जित हात पार्ने क्रममा भुटानलाई ३–० ले हरायो ।
नेपालका लागि १४औं मिनटमा पुजा गिरीले पहिलो गोलको खाता खोलेकी थिईन् । १८औं मिनटमा भुमिका बुढाथोकीले दोस्रो गोल गर्दा ३१औं मिनटमा ज्ञान्शु डोल्मा लोले तेस्रो गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरिन् ।
नेपालले आफ्नो लिग चरणको अन्तिम तथा निर्णायक खेल बिहीबार बलियो भारतसँग खेल्नेछ । यो नतिजापछि समान ३–३ अंक जोडेका भारत, बंगलादेश र नेपाल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । भुटान भने अंकविहीन रुपमा पुछारमा छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल