
काठमाडौं । भुटान फुटबल फेडरेशनको अध्यक्षमा डाशो उगेन छेचुप फेरि नयाँ कार्यकालका लागि निर्वाचित भएका छन् । यससँगै डाशोले भुटानी फुटबलको जिम्मेवारी थप चार बर्ष सम्हाल्ने निश्चित समेत भएको छ ।
नयाँ कार्यकालका लागि अध्यक्षमा पूनः निर्वाचित भएपछि डाशोले भने "हामी थप नयाँ रणनीतिका साथ अगाडी बढ्ने छौं । भुटानको फुटबल विकासमा हामी एकजुट भएर लागि परेका छौं ।"
स्मरण रहोस, डाशो कै नेतृत्वमा हाल भुटानले आधुनिक फुटबलमा थप फड्को मारेको छ । साथै दक्षिण एसियाली स्तरमा उमेर समूहको साफ फुटबल प्रतियोगिता पनि आयोजना गरिसकेको छ ।
विश्वकप छनौटतर्फ पनि भुटानको प्रदर्शन प्रशंसनीय थियो । हालै नेपालमा सम्पन्न सागमा भुटानले ऐतिहासिक रुपमै पहिलोपटक स्वर्ण पदकका लागि फाइनल समेत खेलेको थियो ।
त्यति मात्र नभएर डाशो कै नेतृत्वमा भुटानले खेलमैदान तथा फुटबलका लागि आवश्यक भौतिक पुर्वाधारमा पनि राम्रो लगानी र प्रतिफल हासिल गर्दै आएको छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय