
काठमाडौ (एजेन्सी) । इङ्लिस क्लब तथा पुर्वविजेता चेल्सी जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।
शनिबार बिहान सम्पन्न दोस्रो क्वाटरफाइनलमा चेल्सीले ब्राजिलियन क्लब पाल्मिरासलाई २-१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।
अमेरिकी शहर फिलाडेल्फियामा सम्पन्न खेलको १६औं मिनेटमा कोल पाल्मरको गोलबाट चेल्सीले खेलमा अग्रता बनाएको थियो । तर दोस्रो हाफको ५३औं मिनेटमा इस्टिभाओ विलियनको गोलबाट पाल्मिरासले खेल १-१ को बराबरीमा ल्याएको थियो ।
खेल बराबरीतर्फ नै लम्किरहेका बेला खेलको अन्तिमतिर ८३औं मिनेटमा पाल्मिरासका जियाय अगस्टिनले आत्मघाती गोल गर्दा चेल्सीले रोमाञ्चक जित निकाल्दै सेमिफाइनल यात्रा तय गर्न सफल भयो ।
चेल्सीले अब ८ जुलाईका दिन हुने पहिलो सेमिफाइनलमा अर्को ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्नेछ । फ्लुमिनेन्सले पहिलो क्वाटरफाइनला अल-हिलाललाई हराउँदै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।
- युइएफए महिला युरोः दुई पूर्वविजेता स्वीडेन र जर्मनीको विजयी शुरुवात
- फिफा क्लब विश्वकपः फ्लुमिनेन्स सेमिफाइनलमा, अल–हिलालको चुनौति समाप्त
- युएएफए महिला युरोः इटाली र स्पेनको पनि विजयी शुरुवात
- पोर्चुगल र लिभरपुल स्टार जोटाको दुर्घटनामा निधन
- प्रतिष्ठित युइएफए महिला युरो शुरु, फिनल्यान्ड र नर्वेको विजयी शुरुवात