News एपिएफ फाइनलमा, उपाधिका लागि मच्छिन्द्रसँग भिड्ने
बिक्रम बानियाँ क्षेत्री

बागमती । बिभागीय भिडन्तमा त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब यहाँ जारी छैठौं बागमती गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा एपीएफले आर्मी माथी १-० को जित निकाल्दै फाइनल स्थान पक्का गरेको हो । जनता माविको खेलमैदानमा भएको खेलमा एपीएफका लागि फोडे फोफनाले एकमात्र निर्णायक गोल गरे ।

खेलमा एपिएफकै बुद्धिमान राई म्यान अफ द म्याच घोषित भए । एपीएफले अब फागुन १० गते हुने फाइनलमा मच्छिन्द्र फुटबल क्लबसँग उपाधिका लागि भिड्ने छ ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments