News चौथो पाँचथर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
रमेश समदर्शी

फिदिम । पाँचथर क्लब, फिदिमको आयोजनामा यही फागुन १२ गतेदेखि शुरु हुन गईरहेको चौथो पाँचथर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फिदिम माविको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा फागुन १२ गतेका दिन आयोजक पाँचथर क्लब, फिदिम र नमो बुद्ध युथ एफसी, सप्तरी भिड्ने आयोजकले जानकारी दियो । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १९ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले २ लाख ५५ हजार प्राप्त गर्नेछ । त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १०–१० हजार प्राप्त गर्ने छन् । उदीयमान खेलाडी र प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले समान नगद १५ हजार प्राप्त गर्ने छन् ।

त्यसबाहेक दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गर्न प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले नगद २ हजार ५ सय प्राप्त गर्दा सुटआउट हिरो (खेलमैदानको बिचबाट गोल गर्ने दर्शक) ले पनि नगद २ हजार ५ सय प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ ।

 

Post Comments