
काठमाडौं (एजेन्सी) । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०२६ मा हुने प्रतिष्ठित फिफा विश्वकपको खेलतालिका आइतबार अबेर राती सार्वजनिक गरेको छ । सन् २०२६ को जुन ११ देखि १९ जुलाईसम्म मेक्सिको, अमेरिका र क्यानडाले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपको २३औं संस्करण तीन देशका १६ फरक शहरहरुमा हुनेछन् ।
फिफाका अनुसार प्रतियोगिताको उद्घाटन ११ जुन, २०२६ का दिन मेक्सिकोको राजधानी मेक्सिको सिटीमा अवस्थित एज्टेका स्टेडियममा हुनेछ । जसको दर्शक क्षमता हाल ८७ हजार भन्दा बढी छ । यो त्यही स्टेडियम हो, जहाँ सन् १९८६ को विश्वकपतर्फ क्वाटरफाइनल खेलमा अर्जेन्टिनी लिजेण्ड डिएगो म्याराडोनाले इङल्याण्ड विरुद्ध चर्चित ‘ह्याण्ड अफ गड’ गोल गरेका थिए ।
त्यस्तै प्रतियोगिताको समापन र फाइनल खेल अमेरिकी शहर न्युयोर्क÷न्यु जर्सी स्थित मेटलाईफ स्टेडियममा हुनेछ । जसको दर्शक क्षमता हाल ८२,५०० रहेको छ । अमेरिकाले सन् १९९४ पछि पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको हो ।
त्यस्तै मेक्सिकोले समग्रमा योसँग तेस्रोपटक विश्वकप आयोजनाको अवसर पाएको हो । यसअघि मेक्सिकोले सन् १९७० र १९८६ को फिफा विश्वकप आयोजना गरेको थियो । त्यस्तै अर्को सह–आयोजक राष्ट्र क्यानडाले भने विश्व फुटबलको यो महाभिडन्त पहिलोपटक आयोजना गर्ने अवसर पाएको हो ।
स्मरण रहोस, सन् २०२६ को फिफा विश्वकपमा सहभागि टोलीहरुको संख्या पनि ४८ हुनेछ । साथै विश्वकप भरि कुल १०४ खेलहरु हुनेछन् । जुन विश्वकपको इतिहास मै पहिलोपटक यति धेरै टोली र खेलहरु हुने तय भएको हो ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि