
हेटौडा । मकवानपुर जिल्ला कै प्रतिष्ठित छैठौं स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको टुंगो लागेको छ ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो । माघ १६ गतेदेखि २७ गतेसम्म गौरिटार रंगशालामा हुने प्रतियोगितामा यसपटक १२ टोलीहरुले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा यसपटक आयोजक रिगल हेडौडा रिसोर्ट एन्फा मकवानपुर, त्रिभुवन आर्मी फुटबल क्लब, संकटा क्लब, थ्रीस्टार क्लब, मनाङ मस्र्याङ्दी क्लब, राजारानी फुटबल क्लब, बागमती युवा क्लब, मच्छिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाईज युनाइटेड, नेपाल पुलिस क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबले सहभागिता जनाउने तय भएको हो ।
सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश र मकवानपुरका १० स्थानीय तहहरुको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
स्मरण रहोस, प्रतियोगिताको पाँचौं संस्करण मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा