
काठमाडौं । गत भदौमा निधन भएका फिफा सहायक रेफ्री बिक्रम चौधरीको परिवारलाई एन्फा मातहतको रेफ्री विभाग र रेफ्री संघले आर्थिक सहयोग गरेको छ । संघले एक कार्यक्रमका बीच दिवंगत रेफ्री बिक्रमको बाँसबारी स्थित निवास मै पुगी उनको धर्मपत्नी अन्जु चौधरीलाई नगद ७५ हजार सहयोग हस्तान्तरण गरेको हो ।
उक्त रकम संघका अध्यक्ष बुद्धि बहादुर गुरुङ्गले स्व. चौधरीको परिवारलाई हस्तान्तरण गरेका हुन् । सो रकम विभिन्न रेफ्री, संघ, शुभेच्छुकहरुबाट संकलन गरि दिवंगत फिफा सहायक रेफ्री बिक्रम चौधरीको परिवारलाई हस्तान्तरण गरिएको रेफ्री संघका कोषाध्यक्ष सचिन अमात्यले बताए ।
सो अवसरमा रेफ्री संघका उप–महासचिव रोजेन श्रेष्ठ, सदस्य शैलेश जोशी, रेफ्री विभाग प्रमुख गोकुल थापा लगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस, गत भदौ १ गते आर्मी मूख्यालयमा नियमित अभ्यासका क्रममा दिवंगत फिफा सहायक रेफ्री बिक्रम चौधरी अचेत भई ढलेका थिए । उनलाई तत्कालै छाउनी स्थित सेनाको अस्पतालमा पुर्याइए तापनि त्यहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरेका थिए ।
- एन्फाका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठको स्मृति सभा सम्पन्न
- टोलीको प्रदर्शनबाट एन्फा सन्तुष्ट, समस्या निराकरणका लागि सबै एकजुट हुन आवश्यकः एन्फा उपाध्यक्ष लामा
- राष्ट्रिय पुरुष फुटबल टोलीको विदाई
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फाइनल स्क्वाड घोषणा
- खेल पत्रकार हिमेशको ‘स्वर्णकथा नेपाली फुटबलको’ लोकार्पण