काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) को प्ले अफ म्याचतर्फ पहिलो क्वालिफायरमा सोमबार पोखरा थन्डर्स र धनगढी फुटबल क्लब भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ः३० बजेदेखि शुरु हुने खेलमा जित हात पार्ने टोली फाइनलमा प्रवेश गर्नेछ ।
यद्यपि हार बेहोर्ने टोलीलाई दोस्रो क्वालिफायरमा फेरि फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने अवसर मिल्नेछ । सोमबार पराजित हुने टोलीले मंगलबार इलिमिनेटरतर्फ काठमाडौं रेजर्स र ललितपुर सिटी बीचको विजेतासँग पुस १२ गते बिहीबार दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ ।
स्मरण रहोस, लिग चरणमा पोखराले ८ खेलबाट १५ अंक जोड्दै लिगलिडरका रुपमा प्ले अफमा छनौट भएको थियो भने १३ अंकका साथ धनगढी दोस्रो स्थानमा रहेर प्ले अफका लागि छनौट भएको थियो ।
धनगढी गत संस्करणको उपविजेता पनि हो । दुई हेभिवेट टोली पोखरा र धनगढी बीच हुने आजको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक पनि हुने अनुमान गरिएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै