काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को अनुशासन कमिटीले अनुशासन विपरितको कार्य गरेको भन्दै स्र्पोटिङ इलामका कप्तान तथा गोलरक्षक बिकेश कुथु तथा ललितपुर सिटी फुटबल क्लबका सहायक प्रशिक्षक रविन्द्र शिलाकारलाई अनुशासनको कारवाही गरेको छ ।
एनएसएलले बिकेशलाई एक खेलको प्रतिवन्ध र १० हजार जरिवाना गरेको छ । स्मरण रहोस, सुपर लिगतर्फ गत मंसिर २७ गते इलाम र बिरगंज युनाइटेब बीचको खेलमा इलामले १–२ को हार बेहोरेपछि रेफ्रीको निर्णयप्रति असन्तुष्टी जनाउँदै बिकेशले फिफा रेफ्री कविन व्यन्जनकारसँग विवाद गरेका थिए ।
सो खेलमा बिकेशले अन्तिमतिर दोहोरो पहेंलो कार्ड खाँदै रातो कार्डको सामना गर्नु परेको थियो । मैदानमा हातपात कै अवस्था समेत आएपछि आयोजक र सुरक्षाकर्मीले स्थिति साम्य पारेका थिए । सोही घट्नालाई लिएर बिकेश कारवाहीमा परेका हुन् ।
त्यस्तै पुस ३ गते इलाम विरुद्धको खेलमा ललितपुरले १–० को हार बेहोरेपछि ललितपुरका सहायक प्रशिक्षक रविन्द्रले रेफ्री सुरोजित दासमाथि अभद्र व्यवहार गरेपछि रातो कार्ड खाएका थिए । अनुशासन कमिटीका अनुसार रविन्द्रले रेफ्रीमाथि नश्लभेदी टिप्पणीसँगै अभद्र व्यवहार गरेकाले कारवाहीमा परेका हुन् ।
एनएसएलको अनुशासन कमिटीले रविन्द्रले जारी एनएसएलमा प्रतिवन्ध लगाउनुका साथै २० हजार जरिवाना पनि तिराएको छ । साथै रविन्द्रले यस सिजन हुने एनएसएलको कुनै पनि गतिविधीमा सहभागि हुन पाउने छैनन् ।
त्यस्तै बिकेश र रविन्द्रलाई लगाइएको आर्थिक जरिवाना स्वयंम खेलाडी र प्रशिक्षकले नै बेहोर्नुपर्ने पनि आयोजकले जनाएको छ । त्यति मात्र नभएर एनएसएलले एन्फाको अनुशासन कमिटीलाई यी दुवै घट्नाबारे थप टानविन गरी आवश्यक कारवाही गर्न पनि पहल गर्ने बताएको छ ।

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै