News रुपन्देहीको चरङे, देवदहमा चौथो वडा अध्यक्ष कप शुरु
सुरज राना मगर

चरङे । शान्तिटोल फुटबल प्रतियोगिता उपभोक्ता समिति, देवदह–१०, चरङे, रुपन्देहीको आयोजना तथा देवदह नगरपालिका वार्ड नम्बर १० को कार्यालयको संरक्षकत्व र विशेष सहयोगमा चौथो वडा अध्यक्ष कप देवदह वार्डस्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।

देवदह–१०, चरङे स्थित सुर्तीबारी खेलमैदानमा भएको प्रतियोगिताको पहिलो दिन वार्ड नम्बर १० (ए) र वार्ड नम्बर ६ ले विजयी शुरुवात गरे ।

उद्घाटन खेलमा वार्ड नम्बर १० (ए) ले वार्ड नम्बर ५ (बी) लाई ३–२ ले हराउँदै विजयी शुरुवात गर्यो । खेलमा वार्ड नम्बर १० (ए) का भिम घर्ती म्यान अफ द म्याच चुुनिए ।

त्यस्तै दोस्रो खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर ४ लाई शून्यका विरुद्ध २ गोलको अन्तरले हराउँदै प्रतियोगितामा जित दर्ता गर्यो । खेलमा वार्ड नम्बर ६ का सागर गुरुङ म्यान अफ द म्याच बने ।

त्यसअघि प्रतियोगिताको उद्घाटन देवदह नगरपालिकाका वार्ड सदस्य कुमार परियार, आयोजक समितिका अध्यक्ष मोहन थापा मगर लगायतले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगितामा देवदह नगरपालिका भित्रका कुल १४ वार्डका फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही असार ११ गतेका दिन हुनेछ ।

 

Post Comments