News
सी डिभिजन लिग काठमाडौं बाहिर गर्ने तयारी
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो फागुन १५ गतेदेखि आयोजना गर्न लागेको शहिद स्मारक सी डिभिजन लिग काठमाडौं बाहिर गराउने योजनामा रहेको छ । उपत्यका बाहिर सी डिभिजन लिग आयोजना गराउन आवश्यक गृहकार्य भईरहेको एन्फा महासचिव किरन राईले बताए ।
त्यसैबीच टिकेटिङ, मार्केटिइङ र डिजिटल राईट्स पाएको एमडिएसी र एन्फा बीच थप सहमति र सहकार्य पनि भएको छ । सहमति अनुसार यदि सी डिभिजन उपत्यका बाहिर आयोजना भए गेट टिकट बिक्रीबाट आम्दानी भएको रकमको ५० प्रतिशत एन्फालाई सहयोग गर्नुपर्नेछ ।
साथै उक्त रकमबाट उपत्का बाहिरका स्थानीय आयोजक र सहभागि क्लबहरुलाई थप सहयोग उपलब्ध गराइने पनि महासचिव राईले जानकारी दिए । यद्यपि काठमाडौं बाहिर कुन ठाउँमा सी डिभिजन लिग हुने हो, त्यसबारे भने अझै आधिकारिक रुपमा खुलाइएको छैन ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”