काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ दुई नवप्रवेशी टोली झापा फुटबल क्लब र स्र्पोटिङ इलाम फुटबल क्लब बीचको खेलमा इलामले नतिजा आफ्नो पक्षमा पारेको छ ।
दशरथ रंगशालामा सोमबार भएको एक मात्र खेलमा इलामले झापामाथि शुन्यका विरुद्ध १ गोलको साँघुरो अन्तरको जित निकाल्यो । इलामका लागि ८७औं मिनटमा सेनेगलिज फरवार्ड आमथ एन्डावले एक मात्र निर्णायक गोल गरे ।
खेलमा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ८१औं मिनटमा झापाका सुरज विष्टले इलामका खेलाडीलाई बक्सभित्र लडाएपछि इलामले पेनाल्टीको अवसर पाएको थियो । तर, इलामको जितमा निर्णायक बनेका आमथले त्यो पेनाल्टी प्रहार सदुपयोग गर्न सकेनन् । उनले प्रहार गरेको बल बक्सको माथिल्लो बाहिरिएको थियो ।
खेलमा इलामका कामथ नै म्यान अफ द म्याच घोषित भए । आफ्नो पहिलो खेलमा काठमाडौं रेजर्ससँग पराजित इलामले झापालाई महत्वपूर्ण तीन अंक जोड्न सफल भएको छ । खराब शुरुवात गरेको झापाले भने आफ्नो खातामा अंक जोड्न आफ्नो दोस्रो खेल पर्खनु पर्ने भएको छ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै